Rule 34
मतदाता नामावली हेर्न र नक्कल दिन सकिने
(१) मतदाता वा उम्मेदवारले मतदाता नामावली हेर्न वा
सोको नक्कल लिन चाहेमा मतदाता नामावली च्यात्न, विगार्न वा केरमेट गर्न नपाउने गरी आयोग,
जिल्ला निर्वाचन कार्यालय वा आयोगले तोकेको कार्यालयले मतदाता नामावली हेर्न वा सोको नक्कल दिन
सक्नेछ ।
(२) यस नियम बमोजिम उम्मेदवार वा सरोकारवालाले आफैले मतदाता नामावलीको नक्कल सारी लैजाँदा कुनै दस्तुर लाग्ने छैन ।